पछिल्लो २४ घण्टामा नेपालमा थप १२०२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ हजार १२० पुगेको छ ।

कुल १० हजार १७६ नमूना परीक्षण गर्दा देशभर आज १ हजार २०२ सङ्क्रमित फेला परेका मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ८ लाख ३१ हजार ३६२ नमूनाको पिसिआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ८५२ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म ३७ हजार ५२४ जना कोरोना मुक्त भएका छन् । आज कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २६० छ । क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ३५४ छ