तास खेलिरहेको अबस्थामा दमकबाट ५ पक्राउ

दमक/ झापाको दमक ३ मा तास खेलिरहेको अबस्थामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका सबै भुटानी शरणार्थी हुन् ।


प्रहरीले उनीहरुको साथबाट एक लाख ५७ हजार नगद समेत बरामद गरेको छ । बेलडागीँ २ सेक्टर ए ४ हट नम्बर २४५ मा मनु गुरुङको घरमा तास खलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा प्रकाश राई, नरेश दाहाल, कुमार तामाङ, बिर्ख मान राई, शन्तबीर तामाङ रहेका छन् । उनीहरु माथि थप आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।