प्रदेश १ मा ४६ जना कोरोना संक्रमित थपिए

झापा/आइतबार प्रदेश १ मा थपिएका ४६ संक्रमित मध्ये मोरङका मात्रै ४१ जना छन् । मोरङपछि खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिकामा १८ महिला र २० जना पुरुष गरी आइतबार ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङकै धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष, खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको छ ।

आइतबार थप ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको जनाइएको छ ।

आइतबार ५ सय ४७ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।