मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ । सम्झौता बमोजिम ५० हजार मेट्रिक टन मल नल्याउने कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखेको पत्रमा अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसगँ २५/२५ हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता भएकोमा समयमा सप्लाई नगरेकोले कालो सूचिमा राखी आवश्यक कारबाही गर्न भनी सिफारिस गरेको छ