प्रदेश १ मा १ सय ७१ संक्रमित थपिए

झापा / प्रदेश १ मा बिहीबार अहिलेसम्मकै सवैभन्दा धेरै १ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये मोरङमा ९२ जना रहेका छन् ।

त्यसैगरी सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार विराटनगरमा १५ महिला र ५० पुरुषसहित ६५ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको बुढीगंगामा ४ महिला र ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैंचामा १ महिला र १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मोरङकै बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीय तह नखुलेका १ महिला र २ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको जनाइएको छ ।

उता सुनसरीको धरानमा ११ महिला र १७ पुरुष, दुहवीमा ३ महिला र १९ पुरुष, इटहरीमा ४ महिला र ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला र १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुष पोजेटिभ देखिएका छन् ।

खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ४३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार २ सय ३९ पुगेको छ ।