३४ उपसचिवको सरुवा: झापाको
गौरादह , मेची नगर र अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा ( शुचि सहित )

काठमाडौं । सरकारले ३४ उपसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको हो । मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो ।

अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ

यसै बिच झापाको गाैरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकृत खेमराज ओझाकाे रतुवामाइ नगरपालिका सरुवा भएको छ । यस्तै रतुवामाइ नगरपालिकाका राजेन्द्र भट्टराईकाे गाैरादह नगरपालिका सरुवा भएको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेश सिंह ऐरीलाई अमरगढी नगरपालिका डडेलधुरामा सरुवा गरेको छ । मेचीनगर नगरपालिका, झापाका महेन्द्र कुमार खाम्याहाङलाई अर्जुनधारा नगरपालिका झापा, माई नगरपालिका, इलामका दिनानाथ लम्साललाई मेचीनगर नगरपालिका, झापा, रतुवा माई नगरपालिका, मोरङका राजेन्द्र भट्टराईलाई गौरा दह नगरपालिका झापा, गौरा दह नगरपालिकाका खेमराज ओझालाई रतुवा माई नगरपालिकामा सरुवा गरेको छ ।