खोलाले बगाएर एकको मृत्यु

गौरादह / विहिवारदेखि हराइरहेका गाैरादह ८ का भुडेँसिमलका भक्तबहादुर राइकाे शव फेला परेकाे छ ।

७१ बर्षीय राईको शव गेउरिया खाेलामा भेटिएकाे इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराईले बताए । गाैरीया खोला किनारमा रहेको रुखको ठुटामा अडकिएको अवस्थामा स्थानीय इटाभट्टामा काम गर्ने मजदुरले देखेपछि प्रहरीमा खबर गरेका थिए । खाेला तर्न नसकेपछी खाेलाले बगाएकाे अनुमान प्रहरीकाे छ ।
केही दिन यताकाे अवरिल बर्षाका कारण खाेला नदीहरूमा पानीकाे सतह बढेकाे छ