वायुसेवा सञ्चालकले पूर्ण सिट क्षमतामै उडान गर्ने


तस्बिर साङ्केतिक

काठमाडौ । मन्त्रिपरिषदको निर्णय विपरित यही असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न दिने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो । त्यसको विरोधमा आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालक संघ नेपालले आधा क्षमतामा जहाज उडाउन नसक्ने भन्दै बुकिङ रोकेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई नियमित उडान गर्न पत्र लेखेको छ । मन्त्रालयले लेखेको पत्रमा ५० प्रतिशत क्षमता भन्ने उल्लेख नभएकाले असोज ५ गतेबाट पूर्ण सिट क्षमतामै उडान गर्ने वायुसेवा सञ्चालकले बताएका छन् । यता नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पचास प्रतिश मा उडान गर्ने कुरा अव्यवहारिक भएको भन्दै शतप्रतिशत क्षमतामै उडान गर्न दिने आशयको पत्र प्राधिकरणलाई पठाएको छ ।