मेसी बने विश्वको धेरै कमाउने फुटबलर, टप १० मा को को छन् ? (भिडियो सहित)

लियोनेल मेसी विश्वको सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन् ।
फोर्ब्सले जारी गरेको सर्बाधिक कमाउने फुटबलरको सुचीमा मेसीले आफ्ना सदबहार प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् ।
मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ । जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।
जसमा ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् ।
पुरा जानकरीको भिडियो हेर्नुहोस्