संविधान दिवसको अवसरमा दिप प्रजोलन

अबिशेक खड्का

दमक /संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा
शिवसताक्षी नगरपालिका वार्ड न ४ बोलोचोकमा स्थानिय युवाहरुको सक्रियतामा दिप प्रजोल गरिए छ ।स्थानीय युवा सामाजिक अभियान्ता सायद राजबन्शी,आकाश प्रसाइ,बिबेक फुयाल, गोपाल तामाङ, सागर श्रेष्ठ, साथमा शिबसताक्षी नगर कार्यपालिका सदस्य जितेन्द्र कु शाह र सबै बोलोचोक बासि समाजिक बौद्धिक लगायतको सहभगीता रहेको थियो।

। छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ को अवसरमा सो कार्यक्रम गरिएको हो ।

नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

नेपालको वर्तमान संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभाबाट जारी गर्नुभएको थियो ।

त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउने गरेको छ । कार्यक्रममा स्थानीय बासीको उल्लेखनिय उपस्थिति रहेको स्थानीय बिबेक फुयालले जानकारी दिए।