मुख्यमन्त्री शेरधन राईकी श्रीमती दावी गर्ने खड्का पक्राउ

काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्ने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

खड्का नेताहरुलाई भेट्नुपर्ने छ भन्दै पार्टी कार्यालयमा छिर्न खोजेकी थिइन् । हाल उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको प्रहरीको भनाई छ ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेकोे भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । गएको ३१ भदौमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।