गौरदह-९ बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ

गौरादह । गौरदह-९ स्थित बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा गौरादह-३ का २२ बर्षीय राजेश महतो र सोही ठाउँका २७ बर्षीय प्रमानन्द राजबंशी छन ।

प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ