दमकका थप १४ जनामा कोरोना संक्रमण

दमक /झापाको दमकका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनाको पीसीआर परीक्षणको रिपोर्टमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाको शाखाले जनाएको छ ।

आज आएको पिसिआर रिर्पोट अनुसार संक्रमण पुष्टि हुनेमा ८ पुरुष र ६ महिला छन् । योसँगै दमकमा कोरोना संक्रमण हुनेको संख्या एक सय ५७ पुगेको छ । १ सय २७ जनाले कोरोना जितिसकेका छन् ।