झापामा २४, सहित प्रदेश १ मा मंगलबार एकसय ६६ जनामा कोरोना पुष्टि

झापा / प्रदेश १ मा मंगलबार थप १ सय ६६ जनामा कोरोना पुष्टि भएको छ । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा संक्रमण देखिएको छ ।

सुनसरीकै दुहवीमा ८ महिला र १२ पुरुष, इटहरीमा ८ महिला र १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी मोरङको बुढीगंगामा ८ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा ५ महिला र ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला र ९ पुरुष, मेचीनगरमा २ महिला र १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ ।

मंगलबार ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७ जना, उद्योग बाणिज्य संघ आइसोलेसन ताप्लेजुङबाट ३ जना, होमआइसोलेसनबाट ५ जना, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ९१ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ३ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

हालसम्म १ लाख १७ हजार ८ सय ८८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।