गाैरादहमा थपिए २ कोरोना संक्रमित

गौरादह /झापाको गाैरादहमा २ जनामा काेराेना संक्रमण देखिएको छ । गाैरादह नगरपालिकाका स्वास्थ्य शाखा सहसंयाेजक गाेविन्द श्रेष्ठका अनुसार एक जना गाैरादह १ का व्यवसायी र अर्को गाैरादह ८ का स्थानीयमा संक्रमण पुष्टि भएको हाे । अर्को चहि अटाे चालक हुन् । गाैरादहमा मात्रै १६ पुरुष र ६ महिलामा संक्रमण देखिएको थियोे । यी मध्ये धेरै जना काेराेना जितेर घर फर्केका छन् । श्रेष्ठका अनुसार २० जनाले काेराेना जितिसकेका छन् ।