झापाका ४ सहित प्रदेश १ मा बुधबार ९१ जनामा कोरोना पुष्टि

झापा / प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला र ३ पुरुष, जहदामा ३ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २४ महिला र ७ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ । हालसम्म १ लाख १८ हजार ६ सय ९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बुधबार २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १३ जना, मेची अस्पताल झापाबाट ७ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ५ जना, काली सदन आइसोलेसन विराटनगर र कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १–१ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय १९ पुगेको जनाइएको छ ।