हप्तामा दुई दिन विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

हप्तामा दुई दिन सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव तयार पार्न पर्यटन मन्त्रालयले एक कार्यदल बनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने विषयमा आवश्यक अध्ययन गर्न कार्यदल गठन गरेको हो।

मन्त्रालयले दुई दिने विदाको प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‌मा पेश गर्ने उद्देश्यले मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वको ६ सदस्य रहेको कार्यदल गठन गरेको हो ।