झापामा १२, सहित प्रदेश १ मा शुक्रबार ८५ जनामा कोरोना पुष्टि,

झापा /प्रदेश १ मा शुक्रबार २० महिला र ६५ पुरुष गरी ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ८ महिला र १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २ महिला र १३ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, इनरुवामा १ महिला र २ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला र ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार एकसय ४९ पुगेको छ । शुक्रबार ६ सय २५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १९ हजार ४ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्रदेश १ मा शुक्रबार ३८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ ।

कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट ९ जना, गढी आइसोलेसन केन्दबाट ८ जना, होम आइसोलेसनबाट ८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६ जना, न्युरो अस्पताल विराटनगरबाट ४ जना र मेची अस्पतालको आइसोलेसनबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।