झापाका ७, सहित प्रदेश १ मा १०६ संक्रमित थपिए

झापा /प्रदेश १ मा शनिबार थप १ सय ६ जनामा कोरोना पुष्टि हुँदा संक्रमितको संख्या ६ हजार २ सय ५५ पुगेको छ ।

मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २६ महिला र ३८ पुरुष गरी ६४ जनामा संक्रमण देखिएको हो । बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सुनसरीको धरानमा ३ महिला र ८ पुरुष, इटहरीमा ४ महिला र ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला र २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबार थप १ सय १९ जना डिस्चार्ज हुँदा कुल डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ८८ पुगेको छ ।

शनिबार होम आइसोलेसनबाट ८९ जना, विराट मेडिकल कलेज आइसोलेसनबाट १९ जना, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ५ जना, नोवेल मेडिकल कलेजबाट ३ जना, भानुजन मावि आइसोलेसन ताप्लेजुङ, बैजनाथपुर आइसोलेसन र कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढीबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा शनिबारसम्मको २४ घण्टामा ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएको संख्या १ लाख २० हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।