सिम्रीक सहकारिलाई दमकमा पहिलो बनाउन लागिपरे चेतनशिलका पुर्व समिति

दमक /केही समय अघि सिम्रिक सहकारी बिर्तामोड सङ्ग एकीकरण गरेको चेतनशिल सहाकारी संस्थाकापुर्व सञ्चालक समिति सदस्यहरुबिच भेटघाट तथा सम्मान कार्यक्रम समप्न भएको छ ।

लामो समयको लकडाउनले भेटघाटमा कम भएको कारण सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । दमकमा रहेको एच के होटेलको सभाहलमा मा भएको कार्यक्रममा चेतनशीलका पुर्व उपाध्यक्ष तथा हाल सिम्रीक सहकारीका ऋण उप समिति सदस्य नवीन योगिले सबै एक भएर सिम्रीक सहकारिको दमक सेवा केन्द्र लाई सर्वोत्कृष्ट सेवा केन्द्र बनाउन चेतनशीलमा नेतृत्व गरेका सम्पुर्ण सदस्यहरुलाग्नु पर्ने बताए । हिजो चेतनशील हुदा जसरी एक जुटभै काम गरिएको थियो त्यसैगरी सिम्रीकलाई अघि बढाउन सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नु पर्ने र दमकलाई सिम्रीक मय बनाउन लाग्नु पर्ने बताए । त्यसैगरी संस्थाका सल्लाहकार तथा झापा प्याब्सनका जिल्ला सदस्य डिल्ली चापागाईंले रास्ट्रीय नीति अनुरुप झापाकै उत्कृष्ट सहकारी मध्ये एक सिम्रीक सहकारीमा एकीकरण भएकोमा खुसी ब्यक्त गर्दै चेतशिलनै सम्झी सिम्रीक सहकारिलाइ साथ सहयोग गरि रहने पर्तिबद्द्दता जनाए ।
ग्यान बहादुर योगि को सभापतित्वमा उक्त कार्यक्रम भएको थियोे ।

सम्मानित भए बिर्तामोड सहकारिका बिभागका अधिकृत दाहाल

यसैबीच चेतशिल स्थापना देखि हाल सम्म सस्थालाइ सहयोग गर्दै आउनु भएका भद्रपुर नगरपालिका निवासि बिर्तामोड नगरपालिकाका सहकारी तथा समाजिक शाखा अधिकृत डिल्ली दाहाललाई सम्मान गरिएको थियोे ।