सशस्त्र प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन : डिआइजी दाहाल

 

झापा । सशस्त्र प्रहरी बल नेपाल १ नं का डिआइजि वंशीराज दाहालले सशस्त्र प्रहरी सदैव इमान्दारी पूर्वक काम र कर्तव्यप्रति वफादार रहेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नं २ गणमा नवनिर्मित बिल्लाघर, जवान मेष घरको उदघाटन गर्दै डिआइजी दाहालले संगठनभित्र कुनैपनि गलत कार्यको सह्य नहुने र त्यस्ता प्रबृत्ति र चरित्रको अन्त्यका लागी कडा कदम चाल्ने बताए । उनले निर्देशन दिदै सशस्त्र प्रहरीले जनताको मन जित्दै अब्बल कार्य गर्नुपर्ने धारणा राखे । उनले भने राम्रो काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई डण्ढित गरिने छ । सिमा क्षेत्रमा संवेदनशील भएर जिम्मेवारीका साथ काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । कोभिडको समय संगठनले हरेक क्षेत्रमा राम्रो काम गरेको यो सबैको लागि खुसिको कुुरा भएको महत्त्वपूणर् जिम्मेवारीका साथ खटेकोप्रति सबैलाई धन्यवाद दिए । उनले भने – प्रतिकुल अवस्था को समय अनि कठिन परिस्थतीको सामाना गरेर राष्ट्रको सेवामा अवरात र खट्नु राम्रो कर्तव्य हो । पूणर् रुपमा संगठनको निर्देशन पालन गरेर अघि बढ्न उनले सुझाव दिए । उदघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल २ नम्बर गण का प्रमुख (एसपी )रमेश कुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।