प्रदेश १ मा १ सय ५७ संक्रमित थपिए

झापा/प्रदेश १ मा बुधबार १ सय ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । बुधबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा २८ महिला र ४८ पुरुषसहित ७६ जनामा संक्रमण देखिएको छ । मोरङको बुढीगंगामा ४ महिला र १० पुरुष, कटहरीमा ४ महिला र ७ पुरुष, कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ५ महिला र १३ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, इनरुवामा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी झापाको विर्तामोडमा २ महिला र १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुंगामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बुधबार ५३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २९ जना, विराट मेडिकल कलेजबाट ७ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना, मेची अस्पताल र होटल एशियाटिक आइसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार ९८ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा बुधबार ९ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । हालसम्म १ लाख २३ हजार ७४५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।