सतासीधाममा साथीको हत्या गर्ने लिम्बू कारागार चलान

झापा /साथीलाई घाँटी काटेर मारेको अभियोगमा पक्राउ परेका झापाको शिवसताक्षी-८ काे मनकुमार लिम्बु कारागार चलान भएका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले लिम्बूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अदालतको आदेशपछि प्रहरी हिरासतमा रहेका लिम्बूलाई आज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भदौ १७ गते साथी गोमन सिंह मगरकाे घाँटी काटेर मारेको अभियोगमा लिम्बुलाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए ।

बादी इन्द्रबहादुर मगरको जाहेरीका आधारमा प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा लिम्बूमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो ।