कमल गाउँपालिका ५ सिम्लेमा जङ्गल अतिक्रमणको चपेटामा सिम्लेमा

झापा । कमल गाउँपालिका वडा नम्बर ५ मा सिम्लेमा रहेको जङ्गल अतिक्रमणको चपेटामा परेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ सिम्लेमा रहेको सार्वजनिक वन यतिबेला स्थानिय बासिकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ ।

करिव डेढ दशक अगाडी रतुवा खोलामा आएको वाढी रोक्नका लागी तत्कालिन जिल्ला विकास समितीले जलश्रोत ऐन अनुसार सार्वजनिक जग्गामा रतुवा चिस्यानी बाढी पीडित सेवा प्रकोप व्यवस्थापन समितीको नामबाट सो वनको स्थापना गरीएको थियो ।

पछिल्लो समय वन संरक्षण समितीले वन संरक्षण गर्न नसक्ने भन्दै जिल्ला समन्वय समिती झापा र कमल गाउँपालिकामा समिती खारिजकालागी निवेदन दिए सँगै सो क्षेत्रका स्थानीय वासीले रातारात वन फाड्न थालेपछि वन अतिक्रमणको चपेटामा पर्न थालेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अकृत सुवास श्रेष्ठले बताए ।

जङ्गल अतिक्रमणमा परेको सुचना पाएपछि सुरक्षाकर्मीसहित त्यहाँ पुग्दा वनमा रहेका अधिकांश रुख काटेर स्थानियले आआफ्नो घरमा लगीसकेको रहेछ । आगामि दिन त्यसोे नगर्न र वनलाई संरक्षण गर्न वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर बहादुर निरौलाको अध्यक्षतामा वडा सदस्य र उपभोक्ताकोतर्फबाट सदस्य थप गरी समिती बनाएको अकृत श्रेष्ठले बताए ।

सुरक्षाकर्मीसहित गाउँपालिकाको प्रविधिक टिम वनमा पुग्दा वनमा धेरै नोक्सानी गरेको पायौं । स्थानिय बासिबाट वनमा अत्यन्तै ठुलो क्षती पुर्याउन मिल्दैन थियो । हामीले वन क्षेत्रको नापजाँच गरेका र्छौ । अब स्थानिय बासीसँग छलफल र परामर्श गरी वनक्षेत्रलाई घेरावारा गर्ने वन संरक्षणमा सबै जुट्ने छौं । यदि कसैले वनलाई हानी नोक्सानी हुने कार्य गरेमा कानुनी कारबाही गरीने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले बताउनुभयो ।

विधुवा रतुवा खोला दोभानदेखी चाँजु खोलाको दोभानसम्म ४४ विघा क्षेत्रफलमा फैलिएको वनलाई स्थानिय ४० देखी ५० घर धुरीले वनलाई उपयोग गर्दै आएका छन् । जनसहभागीताको आधारमा वन व्यवस्थापन गर्दै वन संरक्षण गर्ने हो भने गाउँपालिका र स्थानिय बासि लावान्भित हुने सहायक वन अधिकृत एकराज दाहालले बताए ।