गाैरादह हत्याकाण्डः श्रीमानले नै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

गौरादह /झापाको गौरादहमा भएको हत्याकाण्डमा सलग्न भएको अभियोगमा प्रहरीले भीमबहादुर भण्डारीलाई अनुसन्धानमा राखेको छ । सोमबार गौरादह १ की मनमाया भण्डारीको हत्यामा सलग्न भएको आरोपमा प्रहरीले हिजो बिहिवार उनलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसार विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पोष्ट र्माटम रिर्पोट र अभियुक्तको बयानका आधारमा ७ दिन म्याद थप गरिएको बताए । उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै अहिलेसम्मको अनुसन्धानमा घटनास्थलमा भण्डारी रहेकोे र उनले नै हत्या गरेको देखिएको बताए । थापाले भने, यद्यपी अनुसन्धानको प्रकृया पुरा भएको छैन, हामीले ७ दिनको म्याद थप गरेका छौ ।
कमल १ घर भएकी भण्डारीको असोज १३ गते बेलुका ४. ३० मा हत्या भएको थियो । अभियोग लागेका भण्डारी भने गौरीगञ्ज गएको दाबी गर्दै आएका थिए । प्रहरीका अनुसार भण्डारी दम्पती नाती नातिना पढाउनका लागि ५ बर्ष यता दमकमा बस्दै आएका थिए । प्रहरीकाे प्रारम्भीक अनुसन्धान अनुसार हथाैडाले हानेर हत्या गरिएकाे छ। मृतक भण्डारीका २ छोरा छन् । प्रहरीले हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको उल्लेख गरेको छ ।