दमककी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्युु

दमक /झापाको दमककी एक महिलाको काेराेना संक्रमणबाट निधन भएको छ । विराटनगरकाे काेशी काेभिड अस्पतालमा उपचाररत दमक ७ कि ६८ वर्षीय महिलाको मृत्युु भएको हाे । उनी ५ दिन देखि काेशी अस्पतालमा उपचाररत थिइन् । झापमा काेराेना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । झापामा ९०३ जना संक्रमित फेला परेका छन् ।