बसभित्रै सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौं– भक्तपुरमा बसभित्रै सामुहिक बलात्कार भएको छ। बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका- १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका- ४ का २१ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्। दिपेश राई भन्ने अर्का एक जना भने फरार रहेको भक्तपुरका एसपी तारादेवी थापाले बताइन्।

उनीहरुले १६ वर्षीया एक युवतीलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको पाइएको छ। असोज १६ गते रत्नपार्कबाट दिपेशले ती युवतीलाई बसमार्फत भक्तपुर पुर्‍याएका थिए। त्यसपछि लठ्याउने औषधी खुवाएर बेहोस बनाएर उनले यौन सम्पर्क गरेका थिए।
पछि दिपेशले आफ्ना अहिले पक्राउ परेका दुई साथीलाई ती युवती जिम्मा लगाएका थिए। पछि उनै दुई युवकले बा ३ ख २६१२ नम्बरको बसभित्रै ती युवतीलाई बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।