सरकारले भन्यो : यसपालि जहाँ हुनुहुन्छ त्यही दशै मनाउनुहोस

काठमाण्डौ – सरकारले यो वर्षको दशैँ जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन आग्रह गरेको छ । दशैँका बेला गाउँघर तथा आफ्नो पुर्ख्यौली थलोमा दशैँ मनाउन धेरै मानिस यात्रा गर्ने गरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो वर्ष आफू जहाँ हुनुहुन्छ त्यहीँ बसेर दशैँ मनाउन आग्रह गर्नुभयो ।

यात्रा गर्दा कारोना भाइरस फैलने सम्भावना अधिक हुने भन्दै यो वर्ष यात्रा नगरि अहिले भएकै ठाउँमा दशैँ मनाउन प्रवक्ता गौतमले आग्रह गर्नुभयो । आज मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ भने देशैभर दुई हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।