गाैरादहमा छाेराले बाँस प्रहार गर्दा बाबू घाइते

गौरादह / आफ्नै छोराले बासको टुक्रा प्रहार गर्दा झापको गौरादह नगरपालिका बडा नम्बर ५ का मानबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।

उनलाई आफनै छोरा लक्ष्मी बस्नेतले आईतवार बाँस प्रहार गरेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजय राज पण्डितले जानकारी दिए।उनका अनुसार बाँस प्रहार गर्ने लक्ष्मी डिप्रेसनका बिरामी हुन।

घाइते भएका मानबहादुर बस्नेतको दमक स्थित लाइफलाईन अस्पतालमा उपचार हुन नसकेपछि बिर्तामोड को बि एण्ड सि अस्पताल पठाएको प्रहरीले जनाएको छ।