कक्षाकोठा मै झुन्डिएको अवस्थमा मदन भण्डारी प्रतिष्ठानका मुक्ति दाहाल भेटिए

दमक/झापाको दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत एक जना कर्मचारी आज मृत फेला परेका छन ।
सो प्रतिष्ठानमा कार्यरत अन्दाजी ४० बर्षिय मुक्तिनाथ दाहाल दिउँसो करिब एक बजेतिर मृत भेटिएको खबर प्रहरीमा आएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले दाहाल प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको बताए ।