पत्रकार महासंघका पूर्व अध्यक्ष गाउँलेलाई मातृशोक

झापा । बरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ ।
पत्रकार गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ बर्षको उमेरमा सोमबार निजि निवास काठमाडौ बालकोटमा निधन भएको परिवारजनले बताएका छन् ।
उनको सोमबार नै पशुपति आर्यघाटमा अन्त्यस्ती गरिनेछ ।