प्राइम टाईम्स टेलिभिजनकि जिल्ला समाचार संयोजक जोशीले जितिन कोरोना

काठमाडौं । प्राइम टाईम्स टेलिभिजनकि जिल्ला समाचार संयोजक तथा मिडिया नेपालकि कोषाध्यक्ष राधिका जोशी कोरोना संक्रमण मुक्त भएकी छिन ।

सामान्य ज्वरो आएर काठमाण्डौको सिभिल अस्पतालमा भर्ना भएकी जिल्ला समाचार संयोजक जोशीको यहि असोज ११ गते पिसिआर परीक्षणमा कोभिड पोजेटिभ देखाएको थियो ।

त्यसपछी उनी ललितपुरको सानेपास्थित मेघा अस्पतालको आइसोलेसनमा उपचाररत थिइन । जोशीलाई सामान्य ज्वरो, सुक्खा खोकी, जिउ दुख्ने र टाउको दुख्ने समस्या आएपछी स्वाब दिएको उनको भनाइ रहेको छ ।

आज संक्रमण भएको १३ औ दिन पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै उनी बेलुका ५ बजे डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ । अहिले उनको स्वास्थ्यमा कुनै समस्या नआएपनि केही दिन सुरक्षित र सजग भइ बस्न चिकित्सकको सुझाव रहेको छ ।