गाैरादहकी महिला ४ दिनदेखि बेपत्ता, खाेजी गरिदिन आग्रह

गौरादह /गाैरादह ४ की महिला ४ दिन देखि बेपत्ता भएकी छिन । स्कुलचाैनबाट माईत जान हिडेकी ५३ बर्षिया काेकिला काफ्ले बेपत्ता भएकी हुन । असाेज २३ गते शुक्रवार गाैरादहबाट सुनसरी माईत जान हिडेकी थिइन ।

काफ्ले असाेज २३ गते बिहान ८ बजे गाैरादह ४ स्थित घरबाट सामान्य अवस्थामा माइती जान्छु भनी साईकलमा हिडेकी थिइन । त्यहीँ दिन सुनसरीकाे बराह क्षेत्र सम्म पुगेकाे देखिएकाे उनका श्रीमान शैलेन्द्रले बताए । अनेकाै काेशिष गर्दा समेत फेला पार्न नसकेकाे उनले बताए । खाेजीका लागि सहयाेग गरिदिन उनले सबैलाइ आग्रह गरेका छन् ।