विप्लव नेकपाका तत्कालीन झापा सेक्रेटरी मिश्र रिहा

झापा/ नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र रिहा भएका छन्।
गत वर्षको भदौ ३० गते झापाको विर्ता बजार नजिकैबाट तत्कालीन जनसरकार प्रमुख टीका पाेखरेल सहित उनी पक्राउ परेका थिए।

पक्राउ परेको एक वर्ष पछि जिल्ला अदालत झापाको आदेशमा ४ लाख धराैटी बुझाएर मिश्र असाेज १४ गते रिहा भएको परिवार स्राेतले बताएको छ।
हाल उनको स्वास्थ अवस्था जटिल रहेकाे र अस्पतालमा उपचाररत रहेकाे पनि परिवारले जनाएको छ।
मिश्रलाई ६ वटा मुद्दा रहेकाे र सबै मुद्दामा धराैटी खुलेपछि अदालतकाे आदेश अनुसार रिहाइ भएको बताइएको छ।

पछिल्लो समय झापामा विप्लव नेकपाका गतिविधि तिव्र बढेसँगै प्रहरीले विप्लव नेकपाका नेता तथा कार्यकर्ताकाे सर्वाधिक खाेजि गरिरहेको र साेहि अवस्थामा सेक्रेटरी मिश्र सहित तत्कालीन जनसरकार प्रमुख टिका पाेखरेल र कार्यकर्ता अनुल मगरलाई गिरफ्तार गरेकाे थियोे ।
उनिहरुमध्ये टीका पाेखरेल यसअघिनै रिहा भई सत्तासीन नेकपामा प्रवेश गरिसकेका छन,भने अनुल मगर हालसम्म पनि जेलमा रहेका छन् ।
सरकारले विप्लव नेकपाका गतिविधि हिंसात्मक रहेकाे भन्दै उक्त पार्टीलाई प्रतिबन्ध लगाएको छ