६५ औं प्रहरी दिवसका अवसरमा गौरादहका श्रेष्ठ सम्मानित

गौरादह /झापा गौरादह १ का समाजसेवी रत्नबहादुर श्रेष्ठ सम्मानित भएका छन् । ६५ औ प्रहरी दिबसका अबसरमा उनलाई सम्मान गरिएको हो ।
इलाका प्रहरी कार्यालय गौरादह र ट्राफिक प्रहरी कार्यालय गौरादहलाई जग्गादान गर्ने श्रेष्ठको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीनाले श्रेष्ठलाई सम्मान गरेका हुन् । उनी गौरादह क्षेत्रमा सामाजिक ब्यक्तित्व हुन् । उनले मठ मन्दीर, कार्यालय निर्माणका ठुलो सहयोग गरेका छन् । श्रेष्ठकै कृयाशिलतामा गौरादहमा दुबै प्रहरी कार्यालयले जग्गा प्राप्त गरेका छन् । उनले नै दुबै प्रहरी कार्यालयलाई भवन निर्माणका लागि जग्गा दान गरेका छन् । श्रेष्ठकै छोरा गणेशको सक्रियतामा ट्राफिक प्रहरी कार्यालय निर्माण सम्पन्न भएको छ । यसको उद्घाटन भने बाकीँ रहेको छ ।