कोरोना संक्रमणबाट दमकमा दुई जनाको मृत्यु

दमक /कोरोना भाइरसको संक्रमणबाट दमकमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक– ९ का ५५ बर्षिय विश्वकर्मा थरका पुरुष र दमक– ५ का एक जना ढुंगाना थरका पुरुष रहेका छन् । मृत्यु हुने एक जनाको दाहसंस्कार गरेपछि मात्रै रिपोर्ट आएको छ भने एक जनाको भने घरमै मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार दमक ९ का एक ५५ बर्षिय विश्वकर्मा थरका पुरुषको भने विराटनगरस्थित नोबेल हस्पिटलमा उपचार पछि मृत्यु भएको थियो । मृतकको बिहिवारै दाहसंस्कार गरिएको भएपनि रिपोर्ट भने शुक्रवार मात्र आएको थियो ।
यस्तै,दमक ५ का मृत्यु भएका पुरुषको बिहिवार स्वाब परीक्षणका लागि दिइएकोमा शुक्रबार मात्र पोजेटिभ रिपोर्ट आएको थियो । ती संक्रमितको घरमै हिजो बेलुका मृत्यु भएको हो । अहिलेसम्म दमकमा कोरोना संक्रमणबाट एक महिलासहित ५ जनाको मृत्यु भईसकेको उनले बताए ।