मेचीनगर अपडेट : शनिबार थप १६ जना कोरोना संक्रमित थपिए

मेचीनगर । मेचीनगरमा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिरबाट व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो ।

शनिबार उनीहरुमध्ये १६ जनाको स्वाबको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा मेचीनगरले जनाएको छ ।