झापाका ३ सहित प्रदेश १ मा कोरोनाबाट थप ५ जनाको मृत्यु, ४८१ संक्रमित थपिए

झापा /कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको हो । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शनिबार प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ५६ महिला र ६८ पुरुष गरी १२४ जनामा संक्रमण देखिएको जनाइएको छ । सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २–२, बराहक्षेत्र र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १–१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ८३ पुगेको छ ।

प्रदेश १ मा शनिबार थप १ हजार ४ सय ५० जनाको पीसीआर परीक्षण गरिएकोमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ४५ हजार ३ सय ८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।