दमकमा अर्का कोरोना संक्रमितको मृत्यु

दमक / दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक १० का धिमाल समुदायका ६९ बर्षिय पुरुषको मृत्यु भएको हाे । उनी असाेज २८ गते काेराेना परिक्षणमा पाेजेटिभ देखिएको थियो । उनको नाेबल अस्पतालमा उपचार हुदाहुदै स्वास्थ्य अवस्था बिग्रिएपछि परिवारको अनुरोधमा घरमा ल्याइएको थियोे । दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार उनको घरमै मृत्युु भएको हाे । होम आइसोलेसनमा रहेकै बखत आज उनको मृत्यु भएको जनाइएको छ । दमकमा यो सहित कोरोना संक्रमित मृतकको संख्या ८ पुगेको छ । दुई महिला र ६ पुरुषको विभिन्न समयमा मृत्यु भएको हो ।