एक पछि अर्को सफल उपचार गर्दै डाक्टर अनुप, एड्भान्स हस्पीटलमा ९० बर्षीय बृद्धको कम्मरको हड्डी जोडियो


झापा दमकको एडभान्स हस्पीटलमा ९० बर्षिय बृद्धको हड्डी जोडिएको छ । कम्मरको ७ महिनादेखि भाचिएको हड्डी डाक्टर अनुप पोखरेलले जोडेका हुन्


इलामका लक्ष्मीप्रसाद पोखरेलको कम्मरको हड्डी शल्यक्रिया मार्फत जोडिएको हो । घरमै थलिएर बसेका पोखरेलको परिवारले अन्यत्र उपचारका कोशिष गरेपनि सम्भव भएको थिएन् । डाक्टर पोखरेल नेतृत्वको टोलीले कम्मरको हड्डी रिप्लेस गरेर उनलाई हिड्न सक्ने बनाएका हुन् ।
उनको घरकै कामको शिलशिलामा लडेर हड््डी भाचिएको थियो । एक साता लामो उपचार पछी पोखरेल घर फर्किइसकेका छन् । डाक्टर पोखरेलले पूर्वमै नविनतम विधीको प्रयोग गरेर कम खर्चमै शल्यक्रिया गरेको बताए । एक लाख ३० हजारमा उनको सबै उपचार सकिएको थियो । अस्पतालका अनुसार काठमाण्डौमा यो उपचार गर्दा ५ लाख बढी खर्च हुन्छ । अस्पतालका प्रबन्धक चैतन्य बरालका अनुसार बृद्ध उमेरका बुवालाई कम खर्चमै उपचार गरेर हिड्न सक्ने बनाइएको छ । उनी सामान्य हिडहुल गर्न सक्ने भएका छन् ।