कोरोना संक्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु, २८२४ संक्रमित थपिए

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।