ओलीलाई किन इतिहासले सम्झने छ ?

यदि प्रधानमन्त्री ओलिले प्रचण्ड, बाबुराम लगायत दुईचार जना नेतालाई भ्रष्टाचार, हत्या, अपहरणको मुद्दामा गिरफ्तार गरे भने यिनीहरूको पक्षमा बोल्न २ र ४ पत्रकार बाहेक को नै आउला ?

तर यी नेताहरूलाई ओलीले पक्राउ गरे भने जनताको व्यापक समर्थन चाही ँओलिले पक्कै पाउँछन् र सरकार भ्रष्टाचार विरोधी छ भन्ने पनि प्रमाणित हुन्छ तर ओली र ओलीका आसे पासेहरू नै ९०५ भन्दा बढी भ्रष्टाचारमा लिप्त छन तेही भएर पनि ओलीले भ्रष्टाचारीलाई कार्यवाही गर्न आफ्नै कट्टुमा पिशाब फेरीरहेका छन् । होइन भने ओलीलाई के ले रोकेको छ भ्रष्टचार बिरूद्ध कारबाही गर्न न त यिनलाई छोरा वा छोरीको भबिस्य नै बनाउनु पर्ने चिन्ता छ ।

समय अझपनि बाँकी छ ओली बाको नाम सोणर् अक्षरले इतिहासमा लेखिनको लागि उनले जतिसक्दो चाडो एकपछि अर्को गर्दै भ्रष्टचारीलाई नेपाली जनतासामु ल्याएर नङ्ग्याउने र आफ्ना वरीपरी रहेका गुन्डा शैलिका मान्छेलाई हटाएर दक्ष, सक्षम र देश बिदेशको हर कुराको ज्ञान भएका बुद्धिजीवीलाई आफ्नो टिममा राखेर सत्ता सञ्चालन गरेको खन्डमा उनी अवस्य पनि सफल एक नेपालका प्रधानमन्त्री थिए भनेर सधै इतिहासले सम्झिरहने छ ।
होइन भने यहि खालको रबैया देखाउदै जाने अनि आफ्नो सत्ता टिकाउनलाई देशलाई नै बन्दगी राखेर वरीपरी गुन्डा शैलिका आसेपासे मान्छे राखेर देश र सत्ता सञ्चालन गर्छु भन्ने सोच बनाएका हुन भने यो उनको लागि सबैभन्दा ठुलो दुर्भाग्य हुन्छ र इतिहासले कहिले पनि यिनलाई माफ़ी दिने छैन र यिनको नाम नेपाल देश रहेसम्म सधै नै देशद्रोही हुन भनेर चिन्ने छन ।