सयपत्री फूल खेतीमा स्थानीय युवा हरुको आकर्षण

अभिषेख खड्का

दमक / स्थानीय युवाहरुको लगानीमा दमकको कृष्णमन्दिरमा करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूल खेती सञ्चालनमा आएको छ।
दमकका स्थाथिय युवाहरु सौजन लुइँटेल,रिसव नेपाल, प्रज्वल काफ्ले, वतसल पूरी,अभिषेक भट्टराई लगायतका युवाहरुले फूल खेती सञ्चालनमा ल्याएका हुन।
देशको विषम परिस्थति र लकडाउनले सबै क्षेत्र उथल पुथल भइरहेको समयमा युवाहरु फूल खेतीमा लाग्नाले भारत बाट आयत हुने सयपत्री फूल आफ्नै देशमा उत्पादन गरेर बिक्री वितरण गर्न सकिने एउटा जिउँदो उदाहरण दिएको फूल खेतीमा संलग्न युवा सैाजन लुइँटेल बताउँछन्।नेपाली हरु तिहार ,छठ जस्ता महत्त्व पूर्ण चाडहरुमा फूलको अभावले भारत संघ आत्मनिर्भर हुनुपर्ने भएको देखेपछि यो लक डाउनमा केही उपयोगी काम गरौं भन्ने उद्देश्यले फूल खेती गर्न थालेको अर्का युवा अभिषेक भट्टराई बताउँछन्।
पेसाले कोई इन्जिनियर कोही सिए र कोही सीमा भएको यी युवाहरु लकडाउन भन्दा अगाडि काठमाण्डौमानै विभिन्न कम्पनीहरुमा काम गर्दै आएका थिए।
सयपत्री फूल खेतीबाट कति आम्दानी हुन्छ भन्ने ठ्याकै अनुमान नभएपनि खाली समय लाई सदुपयोग गरेर केही सृजनात्मक काम गरौं न भन्ने अभिप्रायले फूल खेती सञ्चालनमा ल्याइएको हो।५ युवा हरुनै आफै लगेर फूल रोप्ने देखि गोड्ने अनि फूल बजारमा पुराउन लायक भए पछि आफै बजार बजार हिँडेर सबैको घर घर फूल पुर्याउने जानकारीमा आएको छ।
दमक र आश पास का क्षेत्रहरू मा फूल को अभाव हुन नदिन फूल खेती सञ्चालनमा लगाइएको बताइएको छ।