पहिरोले नहर बगाएपछि ६ हजार बढी कृषक प्रभावित

मुक्ति पौडेल झापा । हात्ती प्रभावित क्षेत्रको रुपमा परिचित बाहुण्डाँगीका ६ हजार बढी कृषकहरु सिंचाई अभावका कारण निराश बनेका छन् ।

सिद्धि खोला सिंचाई जल उपभोक्ता संस्थाद्धारा सञ्चालित सिद्धि नहर बर्खाको पहिरोले बगाएपछि सिंचाई अभावका कारण कृषक निराश बनेका हुन् ।

२०६२ सालमा नेपाल सरकारको सहयोगमा निमाणर् सुरु भई २०७४ सालबाट सिंचाई सुरु भएको नहर इलाम जिल्लाको रोङ्ग गाउँपालिका स्थित अम्बकेडाँडामा महन रहेको छ । करिब १२ किलोमिटर पहाड हुदैँ २२ किलोमिटरमा नहर निमाणर् भएको छ भने त्यसबाट १७ सय हेक्टर जमिनमा सिंचाई हुने गरेको र उक्त सिंचाईबाट करिब ६ हजार कृषकले प्रत्यक्ष लाभ लिने गरेको सिद्धि खोला सिंचाई जल उपभोक्ता संस्थाका अध्यक्ष निलकण्ठ तिवारीले बताए ।

नहर निमाणर्मा हालसम्म करिब ५४ करोड लगानी भइसकेको सिद्धि नहर दिगो भौतिक संरचना निमाणर्सँगै व्यवस्थापन हुन नसक्दा राज्यको लगानी मात्रै खेर गएको छैन् उपभोक्ताले समेत ढुक्क हुने अवस्था बनेको छैन् । स्थानीय उपभोक्ताले गुनासो गरेपछि प्रावधिक टोलीसहित स्थलगत सिद्धि नहरको अवलोकन भएको छ । प्रदेश सांसद श्रीप्रसाद मैनालीको पहलमा, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेल, सिंचाई डिभिजन कार्यालय प्रदेश नं १ झापाका डि कृष्ण प्रसाद राजवंशी, उपभोक्ता समितिका अध्यक्ष निलकण्ठ तिवारी, स्थानीय जनप्रतिनिधि र उपभोक्ताहरुको सहभागिता रहेको समितिले जनाएको छ ।

अवलोकनबाट करिब १ सय १० मिटर नहर पहिरोले बगाएको र अन्य स्थानमासमेत क्षति भएको देखियो प्रदेश सांसद श्रीप्रसाद मैनालीले भने तत्काल प्रदेश सरकारले नहरका लागी छुट्याएको ८० लाख मध्य केही रकमले तत्काल अस्थाई व्यवस्थापन गरेर सिंचाई सञ्चालन गरेर उपभोक्तालाई सेवा प्रदान गर्दै दिगो व्यवस्थापनका लागी स्थानीय, प्रदेश र संघीय सरकारलाई प्रावधिक स्टमेटसहित माग गर्ने बताए । त्यसैगरी, उपप्रमुख उप्रेतीले उपभोक्ता समिति स्थानीय कृषक र सरोकारवाला निकायसँग समन्वय गरेर दिगो व्यवस्थापनसँगै कृषकहरुलाई कृषि उत्पादनबाट आत्मनिर्भर बनाउन स्थानीय सरकार लागी पने बताइन् ।    त्यसैगरी, डि राजवंशीले तत्काल अस्थाई रुपमा नहर सञ्चालनका लागी प्रावधिक अध्ययन र स्टुमेट गरेर सम्बन्धित निकायमा पठाउने तयारी रहेको बताए । उनले भने पहाडी भुभाग भएकोले समस्या आएको हो, यसलाई दिगो व्यवस्थापनका लागी थप अध्ययन गर्न केही तयारी भईरहेको छ ।

बिगतमा हिउँदे बालीका लागी मात्रै सञ्चालनमा रहेको नहर यो वर्ष बर्खामा पनि सञ्चालित थियो । सिद्धि नहरको पानीले हाल मेचीनगर १, २, ३, र ४ नं वडाका कृषकले टमटर, धान, तोरी, गहुँ, मकै, आलु, चिया लगायतका कृर्षिजन्य वस्तु उत्पादन गरेर करोडौंको आम्दानी गर्दै आएका थिए । तर यो वर्ष नहर पहिरोले बगाएपछि अब खेती गर्ने कि नगर्ने भनेर कृषक दोधारमा रहेका छन् ।

नहरको दिगो व्यवस्थापनका लागी प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईलाई लिखित रुपमा ज्ञापन पत्र प्रदेश माननीय श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, एकराज कार्की र समितिका अध्यक्ष निलकण्ठ तिवारीसमेतको प्रतिनिधि मण्डलले भेटेको छ । भेटमा मुख्य मन्त्री रार्यले त्यस क्षेत्रका कृषकहरुलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारल सिद्धि नहरलाई व्यवस्थित बनाउनको विकल्प नरहेको बताएका छन् ।

स्थानीय समिति र उपभोक्तासमेतको अध्ययनले दिगो व्यवस्थापनका लागी विकल्पका रुपमा करिव १३ सय मिटर धर्जेडाँडा सुरुङ्ग निमाणर् गरेर बाहुण्डाँगी खानेपानी योजना र सिंचाईको व्यवस्थापन गर्न सकिने अध्यक्ष तिवारीको भनाई छ । जनसंसद् दैनिक अनलाइनबाट