जन्म दिनमा धिमालले दिइन बालबालिकालाई न्यानो कपडा

दमक गत बर्ष दमकमा रहेको सरस्वती माविका दृषटीविहिन बिद्यार्थीहरुलाई खाना खुवाएर आफनो जन्म दिन मनाएकी शर्मीला धिमालले यश बर्षको जन्म दिनमा दमकमा रहेको अनाथ बाल बृद्धा श्रमका बालबालिकालाई न्यानो कपडा ,माक्र्स साबुन सरफ र खाद्यान्न दिएर मंगलबार मनाएकि छन।
आश्रमका करिव १५ जना बालबालिकालाई धिमालले जाडो को समयमा न्यानो कपडा साथै बड्दो कोरोना भाईरस कोभिड १९ बाट वचन माक्र्स तथा सावुन र खाद्यान्न लगायत सामाग्री वितरण गरेकी हुन। समाजिक कार्यमा सक्रिय धिमाल हाल वैदेशिक रोजगारीमा नेपाल बाहिर छिन।

धिमाल भन्छिन आफुले कमाएको सानो रकम सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको बताउछिन।