डिपीएल टिन्स टिमको नेतृत्व चयन

दमक /दमक पव्लिक लाइव्रेरी (डिपीएल )को वाल वालिकहरुको संघठन डिपीएल टीनस टिमको नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न टिमको साधारणसभाले प्रतीक प्रधानको अध्यक्षतामा १६ सदस्यीय समिति तथा १५ थप साधारण सदस्य समिति गठन गरिएको छ ।

सरभसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सरिस्मा गिरी ,कानुनी सल्लाहकारमा आदित्य दाहाल , द्वय उपाध्यक्षमा सेलिया श्रेष्ठ र गौरव घिमिरे, महासचिवमा विपिशा बुढाथोकी, सचिवमा आकृति बस्नेत ,कोषाध्यक्षमा लेलिना गौतम र सह – कोषाध्यक्षमा आशमा बानियाँ द्धय उपाध्यक्षमा चुनिएका छन् । त्यस्तै सदस्यहरुमा खुस्बु अंसारी, समीक्षा दुलाल, नितेश शाह, रेनु श्रेष्ठ, आर्यन राहुट र अनिशा चम्लागांई रहेका छन् भने निवर्तमान अध्यक्षमा शुभम् राय सहित १५ थप सदस्य रहेका छन् ।
डीपिएल राष्ट्रीय युथ टीम अध्यक्ष विनोद उप्रेतीको प्रमुख आतिथ्यता तथा संस्थापक बोर्ड टीम कोषाध्यक्ष देवेन्द्र प्रसाईंको विशिष्ट आतिथ्यतामा भएको थियो । डिपीएल संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाईं लगायतको समेत उपस्थिति थियो ।
डिपीएल तिनस टीमको नेतृत्व चयन गर्न राष्ट्रिय युथ टीम सदस्य मदन सापकोटाको संयोजक मा पाँच सदस्यीय एक निर्वाचन समिति समेत गठन गरिएको थियो ।
नव गठित टिमलाई राष्ट्रीय युथ टीम अध्यक्ष्य विनोद उप्रेती , लार्इब्रेरी संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाई, युथ टीम दमक अध्यक्ष आशिष न्यौपानेले नव गठित टिमलाई शुभकामना मन्तव्य राखेका थिए ।
पहिलो चरणको कार्यक्रम वाल क्लब सचिव सेलिय श्रेष्ठ र दोस्रो चरणको कार्यक्रम राष्ट्रिय युथ टीम सदस्य रेखा डुङ्गानाले सञ्चालन गर्नु भएको थियो भने प्रतिवेदन वाचन वाल क्लब अध्यक्ष्य शुभम् रायले गर्नु भयो।