एलाइट माध्यमिक बिद्यालयले बिद्यार्थीसंग मनायो राष्ट्रिय झण्डा दिवस

दमक/ तेस्रो राष्ट्रिय झण्डा दिवसको अवसरमा दमक ८ स्थित एलाईड माध्यामिक विद्यालयले भौतिक दुरी कायम गर्दै विद्यार्थीहरुलाई राष्ट्रियता र राष्ट्रिय झण्डाको महत्व बुझाउँदै राष्ट्रिय झण्डा दिवस मनाएको छ।
राष्ट्रिय झण्डाको प्रयोग निकै बढेको छ तर यसको महत्त्व भने कमैले बुझेको हुनाले नेपालको राष्ट्रिय झण्डा जथाभावी लथालिङ्ग हालतमा भेटिने भएकोले येस्को महिमा र महत्त्व हामी सबैले बुज्नु पर्ने त्यहाँका प्रधानध्यपक मित्र खत्रीले बताए।
उनले थपे ” झण्डा कुनै एउटा टालो वा कपडाको टुक्रा नभएर राष्ट्रको पहिचान हो’, तेसैले येस्को महत्त्व बारे हामी सबैले बुज्नु पर्छ ।
विशेष गरि अहिलेको बालबालिकालाई राष्ट्रिय गौरबका येस्ता विशेष दिनहरु बारे धेरै अबगत नहुने र खासै चासो पनि नराख्ने देखिएको हुदा हरेक बिद्यालयले येस्ता कार्यक्रममा विद्यार्थीलाई समाबेश गर्नु पर्ने पनि उनले बताएका छ्न।
येस्तो कार्यक्रम गराएको विद्यार्थीहरु पनि खुशी छन् र हरेक बिद्यालयले येस्तो कार्यक्रम गराउनु पर्ने उनिहरुको भनाई छ।
सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।