सँयुक्त कलाकर्मी सहकारीको ८ औं साधारणसभा आजबाट सुरु

दमक / दमक ५ स्थित सयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेड आफ्नो ८ औं बार्शिक साधारणसभा सुरु भएको छ । आज दमक ५ स्थित आफ्नै कार्यलयमा सहकारीले ८ औं बार्शिक साधारणसभा उद्घाटन गरेको हो । साधारणसभा आगमी १७ गतेसम्म संचालन गरिने सस्थाले जनाएको छ । साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष जनार्दन कुमार मैनालीले कोरोना माहामारीको प्रतिकुल अवस्था लाई मध्यनजर गर्दै साधारणसभा आगामी पौष १७ गतेसम्म संचालन गरिने बताए । कोरोना माहामारीको अबस्थालाई मध्यनजर गर्दै सरकारले निर्धारण गरेको स्वास्थ सम्बन्धि मापदण्ड पूरा गरेर साधारणसभा आयोजना गरिएको सहकारीका ब्याबस्थापक नवीन भट्टराईले जानकारी दिए।

सस्थाको कार्यक्रम अनुसार आज उद्घाटन गरे संगै १४,१५ ,१६ गते विभिन्न वडाका सदश्यहरुको उपस्तिथिमा प्रतिबेदन बितरण र प्रतिबेदनमाथी छलफल गर्ने र आगामी पौष १७ गते प्रतिबेदनमा प्राप्त सुझाबका आधारमा पारित गरेर साधारणसभा समापन गर्ने सहकारीले जनाएको छ ।
लामो समयदेखी अपेक्षित उपलब्धी हासिल गर्न नसकेको भनेर शेयर सदश्यहरु माझ आलोचित हुँदै आइरहेको सयुक्त कलाकर्मी यो बर्षदेखि नया ब्यबस्थापन सहित सन्चालनमा आएको हो दमकका प्रतिष्ठित ब्यावसायी तथा समाजसेवीहरुको नयाँ टिम निर्माण गरि संचालनमा आएको केही समयमै सहकारीले गति लिएको छ । नयाँ ब्यबस्थापन सहितसंचालनमा आएको तीन महिना नबित्दै सहकारीले राम्रो कारोबार गर्न थालेसंगै शेयर सदस्यहरु माझ उत्साह थपिएको छ । हाल सहकारीमा ८७० शेयर सदस्य, ९० लाख शेयर पुजी ,४ करोड रहेको छ भने १३ जना कर्मचारी रहेका छन । विभिन्न सहाकरीमा लामो समयसम्म नेतृत्व प्रदान गरेका नवीन भट्टराईले ब्यबस्थापकिय जिम्मेवारी सम्हाले पछि सस्थाले राम्रो गति लिइरहेको छ । साधारणसभामा उपस्थित एक शेयरसदस्यका अनुसार भट्टराईले नेतृत्व लिएसगै आफुहरुमा सहकारीले राम्रो उन्नति गर्छभन्नेमा आफुलाइ आसा पलाएको बताए ।