मुख्‍यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ।

प्रचण्ड- माधव समूहले भीमप्रसाद आचार्यलाई संसदीय दलको नेताको रूपमा चयन गरेको छ दलका उपनेता टंक आङ्बुहाङले दलको नेताकारूपमा आचार्यलाई चयन गरेको जानकारी दिए। उनले संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएको र आर्चायलाई नेताको रूपमा चयन गरिएको पत्र प्रदेश १ प्रदेशसभा सचिवालयमा जानकारी गराइएको पनि बताए।

दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइएको पत्रमा ३६ जना सांसदले हस्ताक्षर छन्। सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाइएको जानकारी पत्र संसद् सचिवालय प्राप्त भएको बताए। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले भीम आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको हो।

दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको जानकारी गराएका हुन् । पत्रमा ३६ जनाको हस्ताक्षर छ।