प्रदेश १ को प्रेश संगठनमा ओली पक्ष कमजोर

विराटनगर । प्रधानमन्त्री केपि ओलीको गृह जिल्ला रहेको प्रदेश नम्बर एकमा सत्ता पक्षिय प्रेश संगठन कमजोर देखिएको छ । फुट अघिको प्रेश संगठनमा प्रदेश नम्बर एकबाट ४० जना केन्द्रिय सदस्य भएपनि अहिले ओलि पक्षमा १४ जना मात्रै छन् ।

सत्तापक्षिय प्रेश संगठनले शुक्रबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय भेलामा प्रदेश एकका १४ जिल्लाबाट न्युन मात्रामा पत्रकारको सहभागिता रहेको थियो । तथ्याङ्क अनुसार प्रदेश एकका केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने ४० जना केन्द्रिय सदस्यमध्ये ओलि पक्षमा लिलाराज भट्टराई, बिक्रम लुइँटेल, अम्बिका भण्डारी, गोपाल गड्तौला, सटेन्द्र जबेगु, गणेश पोखरेल, हरिबोल आचार्य, सन्दिप राई, भरत खड्का, नैन बिस्वकर्मा, धु्रब सुवेदी रामचन्द्र अधिकारी, नुतन श्रेष्ठ र रोहितचन्द्र भट्टराई रहेका छन् ।

प्रदेश एकबाट प्रचण्ड नेपाल पक्षमा राजेश राई, सईन्द्र राई विवेक गौतम, राजन केडी, विमल लामिछाने, दिपेन्द्र राई, नवराज कट्टेल, प्रयास लिम्बु, गणेश लम्साल,केशव घिमिरे, हरिकुमार राई, भक्तशेर लिम्बू, दयाराम दाहाल, यमन दनुवार रेहका छन् । यस्तै भीम राई, अर्जुन जम्नेली राई,जयकृष्ण यादव, मिलन लिम्बू, गङ्गा बराल,तिर्थ सिग्देल, एक्सन राई, देबेन्द्र कार्कि, शिव ढुङ्गाना, प्रेम गुरागाई, राजु सिवा र खगेन्द्र अधिकारी प्रचण्ड नेपाल पक्षमा रहेका छन् ।

त्यस्तै नेपाल पत्रकार महासघमा पत्रकार महासङ्घको प्रदेस समितिमा ओली पक्ष कमजोर देखिएको छ । महासघको प्रदेश समितिमा अध्यक्ष कोषाध्यक्ष र २ सदस्य मात्रै ओली पक्षका पत्रकार रहेका छन् । प्रदेश समितिमा उपाध्यक्ष सहित ६ सदस्य प्रेश युनियनबाट नेतृत्व रहेको छ । २१ सदस्य माहासघको प्रदेश समितिमा महिला उपाध्यक्ष, माहासचिव, दुई सचिव र ७ जना सदस्य प्रचण्ड नेपाल पक्षका रहेका छन् । त्यस्तै जिल्ला समितिमा पनि ओली पक्ष पत्रकारको संख्या न्यून रहेको छ ।

१४ वटा जिल्ला अध्यक्षमध्ये झापा अध्यक्ष तारामणि सापकोटा, मोरङ अध्यक्ष बन्धु पोखरेल, ताप्लेजुङ अध्यक्ष राजेन्द्र श्रेष्ठ,खोटाङ अध्यक्ष दमन राई, भोजपुर अध्यक्ष श्यामकृष्ण दाहाल प्रचण्ड दाहाल पक्षमा रहेका छन् । महासघको जिल्ला अध्यक्ष मध्ये उदयपुर अध्यक्ष भरत खड्का, इलाम अध्यक्ष कोकिला ढकाल र सोलुखुम्बु अध्यक्ष मनोज श्रेष्ठ ओली पक्षमा रहेका छन् । प्रदेश एकको ओखलढुङ्गा महासघमा जनता समाज पार्टी निकट प्रेश नेपालको नेतृत्व रहेको छ भने बाँकी चार जिल्लामा प्रेश युनियनको नेतृत्व रहेको छ । लोकल सन्देशबाट